सर्पले डसेर एक जनाको मृत्यु

तुलसीपुर,७ मंसीर ।
दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । दंगीशरण गाउँपालिका वडा नं. ४ सुकदेवाका ४५ बर्षीय लक्ष्मण चौधरीको सर्पले डसेर ज्यान गएको प्रहरीले जनाएको छ । मदिराले मातेका चौधरीले गएराति १० बजेतिर घरको आँगनमा आएको सर्प समाते पछि उक्त सर्पले डसेर चौधरीको ज्यान गएको हो ।

सर्पले डसेपछि चौधरीलाई घरमै झारफुक गरेर औषधी गर्न खोजिएको र अन्तिम अवस्थामा अस्पताल ल्याउँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया