प्रदेश नं. ५ का प्रहरी प्रमुखको विदाई

 

शरद रेग्मी, मंसिर ७ तुलसीपुर ।

 दुई महिना अगाडी प्रादेशिक प्रहरी प्रमुखको रुपमा जिम्मेवारी संम्हाल्न दाङ आउनु भएका प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी मिङमार लामा को सरुवा भए पछि दाङका सामाजिक संघ संस्थाहरुले छुटा छुटृै कार्यक्रमको आयोजना गरी
विदाई गरेका छन् । विहिवार तुलसीपुर उद्योग वाणिज्य संघ , अफिसर्स क्लव तुलसीपुर,राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, रिर्पोटर्स क्लव र नगरविकास समिति तुलसीपुरले संयुक्त रुपमा विदाई गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारले निर्वाचनको मुखमा आचारसंमिता विपरित एआईजी लामालाई सरुवा गरेको भन्दै दुःख व्यक्त गरेका छन् । उनीहरुले प्रादेशिक कार्यालय निर्णय भए लगत्तै कार्यालय व्यवस्थापन र कार्यसम्पादनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएका एआईजी लामाको सरुवाले आफूहरु चिन्तित भएको वताएका छन् ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार एवं राप्ती वस समितिका अध्यक्ष सुरेश हमाल, ,अफिसर्स क्लव तुलसीपुरकी कार्यवाहक अध्यक्ष नारायणी रजौरे , नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी. , रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले विदाई गर्नु भएको थियो । कार्यक्रमको संचालन तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया