अटो दुर्घटना हुदा दाङमा एक जनाको मृत्यु

तुलसीपुर,६ मंसीर ।

अटोरीक्सा दुर्घटना हुदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा दाङको दंगिशरण गाउपालीका ६ निवासि बर्ष ३२ का संजय विक्रम नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर देखि श्रीगांउ जादै गरेको ना २ ह ६०५० नम्बरको अटोरीक्सा कुमालगडी भन्ने ठांउमा बुधवार पल्टीदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते नेपालीको उपचारका क्रममा अञ्चल अस्पताल तुलसूीपुरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभएको छ । अटोरीक्सा र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया