एआईजी मिङमार लामाको सरुवा

तुलसीपुर,६ मंसीर ।
पहिलो चरणको निर्वाचन आउन चारदिन बाँकी रहँदा सरकारले प्रहरी उच्च अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको बताइएको छ । आज बसेको मन्त्री परिषदको बैठकले बागलुङका प्रहरी प्रमुखको सरुवा गरेको छ । बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टको पनि सरुवा गरेको छ ।

मिङमारलाई हेडक्वार्टर तानेर उहाँको ठाउँमा आजै डिआइजीबाट एआइजीमा बढुवा हुनुभएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ । त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि आजै एआइजीमा बढुवा हुनुभएको हो । आजको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको हो । प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया