
तुलसीपुर, ६ मंसीर
दाङको तुलसीपुरमा नजिकै बम विष्पोट गराइएको छ । नेकपा एमालेको चुनावीसभालाई विथोल्न नेपाल कम्युनिष्ट पार्टीले बम विष्पोट गराएको हुन सक्ने प्रहरीले बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली तुलसीपुर स्थित एमालेको चुनावीसभामा आइपुगे पछि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले तुलसीपुर–घोराही सडक अन्र्गत तुलसीपुर नजिकै बम विष्पोट गराएको थियो ।
यसैविच पश्चिम दाङको शान्तिनगर गाउँपालिका २ स्थित वडा कार्यालयको भवन र डाँगी मोडमा राखीएको दुई वटा सुतली बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । यसैविच पार्टीले गरेको एक दिने दाङ बन्द बेलुकी पाँचबजे देखी खुलेको छ । बन्द खुलेपछि लामो दुरीका सवारी साधान संचालनमा आएका छन् ।
प्रकाशित मिति : २०७४ मङ्सिर ६ गते बुधवार