नेकपाले दाङमा राखेको सुतली बम सेनाद्धारा निष्कृय

तुलसीपुर,६ मंसीर ।
दाङमा विप्लव नेतृत्वका कार्यक्रताले राखेको दुई वटा बम सेनाले निस्क्रिय पारेकोे छ । तुलसीपुर–सुर्खेत सडक खण्ड अन्र्तगत बाघमारे स्थित सडकमै राखिएका दुईवटा सुतली बम निस्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित बाघमारे सडक खण्डमै दुईवटा बम फेला परेका थिए ।

सडममै राखिएको बम लाई तुलसीपुर स्थित नेपाली सेनाको १९ नं. बाहिनीवाट गएको टोलीले निस्क्रिय गराएको प्रहरी प्रमुख दुर्गा सिंह चन्दले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया