तुलसीपुरमा दिउसै खुकुरी प्रहार

तुलसीपुर,५ मंसीर ।
आज तुलसीपुरमा एक युवकमाथी दिउँसै खुकुरी प्रहार भएको छ । तुलसीपुरको वीरेन्द्र चोक नजिकै नयाँ बसपार्कका सुशील गुरुङलाई रौनकसिंह मगरले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार मुखमा मास्क लगाएर आएका रौनक सहित चारजनाको समूहले सुशीलमाथी खुकुरी प्रहार गरेको हो ।

सुशीलको हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुशील र रौनक दुवै तुलसीपुर बजारमा गुन्डागर्दी गर्ने टोले गुन्डा हुन् । यसअघी सुशीलको समूहले रौनक समूहका स्टार जिएम माथि साँघातिक आक्रमण गरेको थियो । सोही आक्रमणको प्रतिशोध साँध्न सुशीलमाथी आक्रमण भएको प्रारम्भिक अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । २४ सै घण्टा प्रहरीको डियुटी रहने स्थानमा खुकुरी प्रहार भएपछी तुलसीपुरमा सुरक्षा चुनौती बढेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया