पश्चिम दाङमा कांग्रेस छाड्नेहरु बढ्दै,दंगिशरण १ बाट एक दर्जन बामगठबन्धनमा प्रवेश

तुलसीपुर,५ मंंसीर ।
दंगिशरण गाउपालिका १ बांकिबेटारपुरमा बामगठबन्धको भेलासम्पन्न भएको छ । सो भेलामा एक दर्जन बढि बामगठबन्धनमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका सक्रिय कार्यक्रता बम बहादुर चौधरी,कृष्ण बहादुर चौधरी,बेद बहादुर चौधरी,सेर बहादुर चौधरी,पुष्कर चौधरी र धनिराम चौधरी गठबन्धनमा प्रवेश गरेका हुन ।

यस्तै ईन्द्र बहादुर खत्रि,श्रोतकुमार चौधरी, खिम बहादुर पुन,चाम कुमार चौधरी,सुनिता पुन,रुपा रावत र सुसिला डागी पनि प्रबेश गरेको अखिलका जिल्ला सदस्य सिएम विश्वकर्माले जानकारी दिए । बामगठबन्धनका संयोजक ईन्द्रमणि बस्नेतको अध्यक्षता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा भेला भएको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति केसीले पश्चिम दाङको विकास आफुले गरेर देखाईदिने बताए ।

विगतमा कांग्रेसले जितेर जनताको समस्याहरु नवुझेर आज कांग्रेस छाड्नेहरु बढीरहेको उनले बताए । साथै एकपटक बामगठबन्धनलाई जिताएर पश्चिम दाङबासिलाई विकास हेर्न आग्रह गरे । यस्तै निर्वाचन क्षेत्रनम्बर ३ (२) प्रदेश सभाका उम्मेदवार उत्तर ुकमार वलीले पश्चिम दाङबासिले विकास चाहेकाले अव बामगठबन्धन जित सु््नुश्चित भएको दावि गरे । भेलामा एम.एन.शाह, विद्यार्थि नेता सिएम विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया