तुलसीपुर ,५ मंसीर ।
राजनितीक दलहरुले छब्वीस वर्ष अगाडी दिएको आश्वासन पुरा नभएपछि तुलसीपुरका सुकुम्वासीहरु अवको चुनावमा आश्वासनको पछि नलाग्ने वताएका छन । पहिले हातमा लालपुर्जा अनि मात्रै भोट वृद्ध अनन्त योगीले भन्नुभयो । तुलसीपुर वजारको काखैमा रहेको ऐैलानीमा वसेको त्यो वस्तीले भोटहालेकाहरु मन्त्री ,सांसद भैरहेका छन तर लालपुर्जाको भने अत्तो पत्तो छैन पाएको छैन ।
भोटमाग्न आउदाँ सँधै एैलानी वस्तीको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिए तर जितेपछि फर्केर नआउने गरेको दुख साट्दै स्थानिय कुल कुलवहादुर वली आउदा दिनमा मिठो कुरा गरेर भोटमाग्नेहरु देखी सावधानहुन आग्रह गर्नुभएको छ ।भन्नुभयो–‘ घर अगाडीको वाटो वनाउने आश्वासन दिएर भोट माग्ने जितेर गएपछि दिने भनेको पैसाँ त दिएनन नै लालपुर्जा वनाइदिने आश्वासनको पनी काम गरेनन ।’
एैलानी वस्तीमा वसेर लालपुर्जाको पर्खाइमा वसेका तुलसीपुर ४ पातुखोला निवासी सेवकराम डाँगी आउदो चुनावमा नेताहरुको आश्वासनमा भरनपर्ने वताउनु भयो ।धेरैपटक धेरै आश्वासन पाएर भोट हाल्यौ तर कहिल्यै माग पुरा भएन अव त चुनावमा आश्वासनको भरमा नवस्ने डाँगीको दावी थियो ।यस पटक त आश्वासन दिएका कुराहरु पुरा नभएमा उनिहरुको घर घेर्न जानुको विकल्प छैन वाध्यता सुनाउदै उहाँले भन्नुभयो ।
पानी,वत्ती वैकं लोन कुनै पनि सुविधा लिन नसकेको दुखेसो सुनाउदै कुलवहादुरले गाउँमा भएको जग्गा सवै वेचेर शहरको नजिकै आएर वस्यौ तर एैलानी भएका कारण पाउने सुविधावाट वञ्चित हुनुपरेको पिडा पोख्नुभयो । पश्चिम दाङमा मात्रै झण्डै एक हजार विघा जमिन एैलानी रहेको अवस्था छ ।
ति जमिनमा सुकुम्वासीलाइ समस्या समाधान गर्ने अभिप्रायले एमालेको नेतृत्वमा रहेको माओवादी सम्मीत सरकारले सुकुम्वासी समस्या समाधान आयोग गठन गरेको थियो । तर आयोगले काम गर्नेैै नपाइ विघटनको अवस्थामा पु¥याएको तत्कालीन सुकुम्वासी समस्या समाधान आयोग दाङका अध्यक्ष टीकाराम खड्काले वताउनु भयो ।तत्कालीन अवस्थामा निवेदन वढी आएपनि २हजार १सय २६ निवेदनलाइ सदर गरी कार्यान्वयमा लैजानेवेला आयोगले काम गर्न नपाएको तितो पोख्नुभयो खड्काले ।
यता तुलसीपुर ९ थर्कुडाँडा निवासी भागीराम चौधरीले एमालेका सरकारले सुकुम्वासी समाधान गर्न खोजेकोमा सन्तुष्टी जनाउदै उनले दलहरुले सुकुम्वासीको समाधानमा दलहरुले चासो नदेखाएको वताए । गरिवलाइ हतियार वनाएर प्रत्येक पटक चुनावमा भोट माग्छन जितेपछि हेर्दै हर्दैनन चौधरीले भने ।
तुलसीपुर ५की ७० बर्षीय नन्दनी रावतले नेताहरु मुसा वनेर भोटमाग्न आउने जितेर वाघ वनेर निक्लीने गरेको दुखेसो पोख्नुभयो । आउदाको नम्रको स्वभावलाइ वदलेर पछि उनिहरु साढँेको रुपमा प्रस्तुत हुने गरेको दृष्टान्त रावतले सुनाउनु भयो ।