तुलसीपुर,५ मंसीर ।
भोली घोराही र तुलसीपुरमा हुने बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, दाङ आउने भएका छन् । उक्त सभालाई विना विभागिय मन्त्री एवं दाङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा, एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश २ (१) का उम्मेदवार शंकर पोख्रेललगायतले सम्वोधन गर्ने गठबन्धनले जानकारी दिएको छ ।
मंसिर ६ गते घोराहीमा जिल्ला समन्वय समिति पछाडिको सहिद मञ्चमा र तुलसीपुरमा अरनिको मैदानमा मध्यान्हः पछि एकै साथ चुनावीसभा सुरु हुने बाम गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । त्यसपूर्व बजारका विभिन्न चोक बाट र्याली समेत निकाल्ने तयारी भइरहेको जानकारी दिइएको छ ।
ती दुवै सभालाई एमाले अध्यक्ष ओली र माओवा्दी नेता वादलले सम्बोधन गर्ने बताईएको छ । यसैबीच जिल्ला निर्वाचन परिचालन समितिको तर्फबाट नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले संयुक्त विज्ञप्ती जारी गरी कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।