दाङमा विप्लव नेतृत्वका १८ कार्यकर्ता पक्राउ , बिरोधमा ६ गते बन्दको घोषणा

यमकला भुषाल,तुलसीपुर, ४ मंसिर ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले विप्लव नेतृत्वका ४ जना कार्यकर्तालाई तुलसीपुरमा पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आसंकामा प्रहरीले विजौरी क्याम्पसमा अध्यनरत अनेरास्ववियु क्रान्तिकारी इकाई कमिटीका ३ जना विद्यार्थी समेत छन् ।

पक्राउ पर्नेमा कालीकोट जिल्लाको रासकोट नगरपालिका १ निबासी मिनबहादुर लुहार, सोहि जिल्लाको खाँडाचक्र नगरपालिका ९ निवासी धिरज विक, रोल्पाको थवाङ ६ निबासी युद्धजित रोकामगर र रोल्पाको जुगाँर घर भईहाल तुलसीपुर उपमहानगरपालिका ७ निबासी चङ्ख बहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख प्रकाशचन्द्र गुप्ताले जानकारी दिनुभयो ।
रोकामगर इकाई कमिटीको अध्यक्ष र लुहार उपाध्यक्ष रहेको प्रहरीले बताएको छ ।

यो संगै दाङमा पक्राउ पर्ने विप्लन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संख्या १८ जना पुगेको छ । यसअघि पाटन, निम बहाद डिसी, भिम राना, छोटीलाल चौधरी, डिबी बोहरा, रिम बिक, चेतबहादुर ट्मटा, आकाश बिक, डन्डीराम केसी , बिजय बिक, शान्त चौधरी, भागीराम चौधरी, राप्ती गाउँपलिका ५ निबासी बिनक सालमामगर र रमेश तिवारी रहेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी दाङले प्रहरीले दमन गरेको भन्दै विरोध गरेको छ । पार्टीका सेक्रेटरी सबिनले सोमबार एक प्रेस विज्ञेप्ती जारी गर्दै कार्यक्रताहरु पक्राउ परेको विरोधमा मंसिर ६ गते दाङ वन्दको घोषणा गरेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया