तुलसीपुर,४ मंसीर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मसुरीयामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रोकिरहेको बसमा गुडिरहेको ना ५ ख ९८० नम्बरको अर्को बस ठोक्किएको थियो ।
घाइते मध्य गाडी चालक प्रभु दयाल चौधरीको अवस्था गम्भीर भएको भालुबाङ प्रहरीले जनाएको छ । गुडिरहेको यात्रुबाहक बसको टायर पड्किएर रोकिरहेको अर्को बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ मङ्सिर ४ गते सोमवार