परालमा आगो लगाउने को ? पराल जोगाउन स्थानिय रातभर जाग्राम

तुलसीपुर,४ मंसीर ।

तुलसीपुर उपमहानगरपालिका ७ बसन्ततपुर टोलमा अज्ञात समुहले स्थानियहरुको परालमा आगो लगाएको छ । विगत तिन दिन देखि उक्त समुहले आगजनि गरीरहेको त्यहाका स्थानियले बताएका छन । तीन दिनको अवधिमा ८ घरको पराल सखाप भएको छ । दिनदिनै परालमा आगो लगाउने समुहको पहिचान नभएकोले स्थानियहरु संसकित बनेका छन ।

उनिहरु रातभर जाग्राम भएर आफ्नो परालको हेरचाह गरीरहेका छन । यसैविचे यसबारेमा आवस्यक अनुसन्धान भैरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया