दोघरे देखि सुर्खेतको सिमाना सम्मको ६२ किलोटिर सडक पक्की गर्न करिब एक अर्ब
ओपेन्द्र बस्नेत,तुलसीपुर ४ मंसिर ।
अबको तीन बर्ष भित्र तुलसीपुर हुदैं हापुरे पुरन्धारा सुर्खेत कच्चि सकडक पक्की (कालोपत्रे) बन्ने भएको छ । दोघरे देखि हापुरे, पुरन्धारा हुदै सल्यान सुर्खेतको सिमाना काल्चे सम्मको ६२ किलोमिटर सडक पक्की गर्न निर्माण व्यवसायीले ८४ करोड ६६ लाख ६५ हजार एक सय ६६ रुपैयाँमा ठेक्का लिएको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।
नेपाल सरकारकाले सडक कालोपत्रे गर्न एक अर्ब ३१ करोड ३० लाख ३९ हजार ५ सय ४२ रुपैयाँको स्टमेट गरेपनि निर्माण व्यवसायीले कम मूल्य (बिलो)मा ठेक्का लिएको डिभिजन सडक कार्यालय दाङका बरिष्ट इन्जिनियर शेखर योगीले जानकारी दिनुभयो । इन्जिनियर योगीका अनुसार दोघरे देखि बालापुर सम्मको सडक कालोपत्रे गर्नका लागि प्यासिफीक विलडर्सले ५ करोड ३३ लाख ७७ हजार ६ सय ६२ रुपैयाँमा ठेक्का लिएको छ ।
निर्माण कम्पनीले २०७६ जेठ ३१ गते भित्र काम पुरा गर्ने गरी २०७४ जेठ ३१ गते डिभिजन सडकसंग सम्झौता गरेको थियो । उक्त सडक निर्माणका लागि ८ करोड ३७ लाख ४० हजार ७ सय ९७ रुपैयाँ स्टमेट गरिएको थियो । यो सडक अहिले दोघरे देखि गहतेखोला सम्म एक लिएर कालोपत्रे गरिएको छ । त्यसैगरी बालापुर देखि हापुरेसम्मको १४ किलोमिटर सडक पक्की गर्न कालिका प्यासीफीक जोइन भेन्चरले १४ करोड ८४ लाख २५ हजार ४ सय ८७ रुपैयँमा सम्झौता गरेको छ ।
२०७५ माघ १६ गते निर्माण कार्य पुरा गर्ने गरि २०७२ माघ १७ गते डिभिजन सडकसंग सम्झौता गरेको निर्माण कम्पनीका दिलबहादुर थापाले जानकारी दिनुभयो । सडको काम ६५ प्रतिशत पुरा भएको थापाले बताउनुभयो । यो सडकका लागि २१ करोड ९९ लाख ३७ हजार ६ सय ८१ रुपैयाँको स्टमेट गरिएको थियो । त्यसैगरी हापुरे देखि दाङ र सल्यानको सिमानामा पर्ने एक्लेबरसम्मको २० किलोमिटर सडककालागि कालिका प्यासीफीक जोइन भेन्चरले नै १९ करोड ९६ लाख ६४ हजार ५ सय ९७ रुपैयँमा सम्झौता गरेको छ ।
३१ करोड १८ लाख ६४ हजार ७ सय ९९ रुपैयँको लागत स्टमेट गरिएको सडको २०७७ जेठ ३१ गते काम पुरा गर्ने गरि निर्माण कम्पनीले २०७४ असार १ गते सम्झौता गरेको थियो । त्यसैगरी दाङको एक्ले बर देखि सल्यान र सुर्खेतको सिमानामा पर्ने काल्चे सम्मको २३ किलो मिटर सडक पक्की गर्न ४४ करोड, ५१ लाख ९७ हजार ४ सय ७० रुपैयाँमा सम्झौता गरिएको छ । २०७७ असाढ २० गते सडक पक्कीको काम सक्ने गरि कालिका प्यासीफीक जोइन भेन्चरले २०७४ जेठ २१ गते सडक डिभिजनसंग सम्झौता गरेको थियो ।
यो सडकको लागत अनुमान ६९ कारोड ७४ लाख ९ हजार २ सय ६८ गरिएको थियो । दोघरे देखि सुर्खेतको सिमाना काल्चे सम्म सडक साढे पाँच मिटर चौडाईमा दुई लिएरको पक्की (कालेपत्रे) गरिनेछ । निर्माण व्यवसायीले अहिले काम धमाधम गरिरहेकाले तोकेको समयभन्दा अगाबै काम सम्पन्न हुने डिभिजनले अपेक्षा गरेको छ ।
६२ किलोमिटर सडक पक्की गर्नका लागि सडकको दुवै छेउँमा नाला, कलवर्ट निर्माण, ग्यावीन(जाली भर्ने) वाल लगाउने र कटिङको काम समेत गरिने डिभिजनका सडकका इन्जिनिय दुर्गा गौतमले जानकारी दिनुभयो । यो बर्षको आर्थिक मसान्तभित्र १५ किलोमिटर सडक पक्की(कालोपत्रे) गरिने इन्जिनियर गौतमले बताउनुभयो ।