विप्लव कार्यक्रता सल्यानमा पक्राउ

मिना बुढाथोकी,सल्यान ४ मंसिर ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला स्तरिय नेता पक्राउ परेका छन् । नेकपाका कार्यकर्ताहरु कालिमाटी गाउपालिका ४ डिमुरेका ३५ वर्षिय तुल्सीराम खत्री,् र थारमारेका ३३ वर्षिय कृष्ण वली पक्राउ परेका हुन । दुईदिन पहिले नेकपाका कार्यकर्ताले वागचौर नगरपालिकामा निर्वाचन प्रचार सामाग्री र वाम गठवन्धनका प्रचार सामाग्री जलाएका थिए । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैविच नेकपा सल्यानले दार्मा गाउपालिकाको फारुलामा रेडवुलको खाली डिव्वामा विष्फोटक पदार्थ भरेर आईतवार विष्फोट गराएका छन् । फारुलामा रहेको जनज्योती माविको प्रांगणमा सो विष्फोट गराइएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत विकले जानकारी दिनुभयो । सो स्थानमा हिजो शनिवार वाम गठवन्धनको चुनावी सभा थियो ।

चुनावी सभालाइ विनाविभागिय मन्त्री तथा सल्यानबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेमपा माओवादीका सचिवालय सदस्य टेक बहादुर बस्नेत, प्रदेश सभा क का एमाले उम्मेदवार गुलाव जंग शाह लगायतले सम्वोधन गरेका थिए ।

तर प्रहरीले भने बम कसैप्रति लक्षीत भएको नदेखिएको दावी गरेको छ । उता नेकपा सल्यानका ईञ्चार्ज डिल्लीराज शर्मा विश्वले आफ्ना कार्यकर्तालाई विना कारण पक्राउ नगर्न चेतावनी दिएका छन् । विष्फोटक पदार्थ विष्फोटको जिम्मा लिदै उनले पक्राउ कार्यकर्ताको विना सर्त रिहाइ नभए विरोधका कार्यक्रम अझै तिव्र पारिने उनले बताए ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया