छोरा प्रकाशलाई प्रचण्डले दिए दागबत्ती

काठमाडौं, मंसिर ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिनुभएको छ । पशुपति आर्यघाटमा प्रचण्डले भाव विहिल भएर छोरालाई दागबत्ती दिनुभएको हो ।

दागबत्ती दिहिरहँदा प्रचण्ड निकै भावुक देखिनुहुन्थ्यो । स्वर्गीय प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका छन् । उनीहरु दुबै जनाको वर्तवन्ध नभएका कारण बुबा प्रचण्डले दागबत्ती दिनुभएको हो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया