एउटै मञ्चमा बाबु छोरीको स्वर र सृजर्ना

दाङ, मंसिर २ । कवि टीका बस्नेत र उहाकी छोरी ममता बस्नेत एउटै कार्यक्रममा देखिए । उदाहरण समुह नेपालले आयोजना गरेको ममता बस्नेतको तिम्रा लागि … भन्ने बोलको गीत लोकापर्ण कार्यक्रममा ममता बस्नेतले गीतहरु प्रस्तुत गर्नुभएको भने कवि टीका बस्नेतले कविताहरु बाचन गर्नुभएको थियो ।

एकनारायण चापागाईको शब्द, संगितकार विपिन घिमिरेको संगीत रहेको गीतमा ममता बस्नेतले आवाज दिनु भएको छ । ममता बस्नेतको पहिलो प्रस्तुती रहेको गीतको उदाहरण समुहले घोराहीमा कार्यक्रमको आयोजना गरेर लोकापर्ण गरेको हो । गीतको बरिष्ठ साहित्यकार गिरीराज शर्माले उद्घाटन गर्नुभएको हो । गीतको शब्द माथी चर्चित गीतकार प्रकाश केसी र स्वर र संगीतको समिक्षा यादव योगीले गर्नुभएको थियो ।

साथै नव गायीका बस्नेतले कार्यक्रममा अन्य विभिन्न गीतहरु पनि गाउनु भएको थियो । कार्यक्रममा कवि टीका बस्नेतले शनिबार नै परेको आफ्नो जन्मदिनको अबसर पारेर विभिन्न कविताहरु बाचन गर्नुभएको थियो । कवि बस्नेतले आफनो जीवन भोगाई, सामाजिक, देश प्रेम र राजतिनीका विषयमा देखिएका कविताहरु बाचन गर्नुभएको थियो । टीका बस्नेतले मेरा बा, मान्छे र ईश्वरहरु, हराएका विम्वहरु लगाएका कविताहरु सुनाउनु भएको थियो ।

बरिष्ठ साहित्यकार गिरीराज शर्माको विशेष उपस्थितीमा आयोजना गरीएको कार्यक्रममा नागरिक समाजका सचिब चन्द्रराज पन्त, शान्ति निकेतन विद्यालयका प्रिन्सिपल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुलीले बोल्नु भएको थियो । अतिथीहरुलाई समुहका अभियान्ता सविना पौडेल (लक्ष्मी) ले स्वागत सम्मान गर्नुभएको कार्यक्रमको सहजीकरण समुहका अभियान्ता घनश्याम अस्तित्वले गर्नुभएको थियो भने धन्यबाद मन्तब्य नवीन अभिलाषीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार
प्रतिक्रिया