
रोल्पा,२ मंसीर ।
चुनावको दिन नजिकिंदै गर्दा रोल्पामा चुनाव विरोधि गतिविधि बढिरहेको छ । यस्ता गतिविधि चुनावको विरोधमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ । रोल्पा प्रहरीले गएराति एक जना नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले लालबहादुर सुनारलाई पक्राउ गरेको हो ।
चुनाव विरोधि गतिविधि गरे नगरेको अनुसन्धान गरि उहाँलाई छोडिने रोल्पा प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फूँयालले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार