घरमा आगलागि भएपछि विचल्लीमा

प्युठान,१ मंसिर ।
गत असोज १२ गते घरमा आगलागि भएपछि प्युठान माझकोट निवासी इमान सिंह मगरको परिवार विचल्लीमा परेको छ । आगलागिबाट खरले छाएको सानो झुपडी खरानी बन्नुका साथै अन्नपात, लत्ताकपडा, नगद गरी करिव १ लाख ६० हजार बराबरको क्षेती भएको थियो । इमानसिंहका घरमा १५ दिनकी श्रीमति सुत्केरी छिन् तर विचल्लीमा परेपछि अर्काकै घरमा राख्नुपरेको उनले बताए ।

लगाएको कपडा बाहेक उनीहरुसंग केही छैन् । छरछिमेकीको केही सहयोगले कहिले आधा पेट खान पाएको त कहिले भोकभोकै बस्नु परेको पीडित मगरले बताए । पीडित मगरको परिवारमा भएको बिजोग देखेर रामराम भन्ने धेरै भएपनि राहत भने कतैबाट जुट्न नसकेको छिमेकीले बताएका छन् ।।

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया