शान्ति समाजका सभापति काँग्रेसको प्रचारमा

तुलसीपुर,३० कात्तिक ।

मानवअधिकार तथा शान्ति समाज एउटा गैर राजनीतीक मानवअधिकारकर्मीको साझा संस्था हो । शान्ति समाजमा आवद्ध भएकाहरुले कुनै पनि पार्टीको सक्रिय राजनीती गर्न पाइदैन । तर,शान्ति समाज दाङका अध्यक्ष सुरेस हमाल भने नेपाली काँग्रेसको सक्रिय राजनीतीमा छन् ।

उनलाई मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा काँग्रेसका उमेद्वारलाई भोट माग्न भ्याई नभ्याई छ । आफू अध्यक्ष भएको शान्ति समाजको गरिमालाई कुल्चेर उनले आफूलाई शान्ति समाजको अनुशासनहीन सिपाही दर्ज गरेका छन् ।

उनि काँग्रेसको सभामा गएर मतदातालाई रुखमा भोट हाल्न आग्रह मात्रै गरेका छैनन्,कम्युनिष्ट विरुद्ध बिष बमन समेत गर्ने गरेका छन् । अझँ भनौं उनमा काँग्रेसको भुत सवार छ । उनले केही दिन अघी मात्रै बबई गाउँपालिकामा गएर कम्युनिष्टले चुनाव जिते देश तहसनहस हुने र धर्मकर्म समेत गर्न नपाईने भ्रम फिजाएका थिए । उनले बोलेको भीडीयो फेसबुकमा भाइरल बनेको छ ।

उनले सामाजिक संजाल फेसवुकमा समेत आफू काँग्रेस भएको र बाँच्दासम्म काँग्रेस नै हुने भन्दै आफूलाई स्पष्ट रुपमा काँग्रेसी कित्तामा उभ्याएका छन् । शान्ति समाजका केन्द्रीय सभापति डाक्टर गंगाधर अधिकारीले शान्ति समाजका जिल्ला पदाधिकारीले कुनै पनि दलको सक्रिय राजनीती र प्रचारप्रसार गर्न नपाइने प्रतिक्रिया दिएका छन् । उनले बोलेको भीडीयो तुलसीपुर खवर सँग सुरक्षित छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया