पाँच बर्षमा दाङलाई समृद्ध बनाउने योजना

तुलसीपुर, २९ कार्तिक
पाँच वर्षभित्रमा पश्चिम दा∙लाई विकासको उचाईमा पुर्याउने गरि वाम गठवन्धन क्षेत्र नम्वर ३ ले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वाम गठबन्धन, प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उज्यालो दा∙ निर्माणका लागि विद्युत उत्पादन गर्नेदेखि मोनोरेल चलाउने र पुरै क्षेत्रलाई घेर्ने गरि चक्रपथ निर्माण गर्ने कुरालाई जोड दिएको छ । ”तुुलसीपुर उप–महानगरपालिका, दंङ्गिशरण, शान्तिनगर तथा ववई गाँउपालिका सवै वडाहरु तथा ठाउँहरुलाई समट्दै एक÷एक वटा वडाहरुमा सडकहरुलाइ स्तर उन्नती गर्दै प्राथमिकताको आधारमा ५ वर्षभित्र कालोपत्रे गरिनेछ ।” प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ। क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने सम्पुर्ण खोलामा पक्की पुल निर्माण गर्ने र सडक सञ्जालीकरण गर्नुका साथै तुलसीपुरमा आधुनीक सभागृह निर्माणका साथै हरेक गाउँपालिकामा सुचनाको पहुँच पुर्याउनका लागि इन्टरनेट सञ्जालले जोड्ने कुरालाई पनि उल्लेख गरिएको छ । खेलाडीका लागि आधुनिक र∙शाला निर्माणसँगै हरेक गाउँ एक खेल मैदानलाई पनि घोषणापत्रले जोड दिएको छ ।
पुरै गाउँपालिकालाई घेर्ने गरेर सिटी वस सञ्चालन गर्नुका साथै सबै ठाउँलाई यातायातले जोड्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । हरेक खेतमा सिचाइ सुविधा पुर्याउनका लागि वृहत सिचाइ योजनाको सुरुवात गर्नुका साथै गुहारखोला, पातुुखोला, वहुलाखोला, च्याठी खोलामा हाइड्याम बनाएर जल भण्डार र बहुुउद्देश्यीय परियोजना सञ्चालन गर्ने कुरालाई पनि घोषणापत्रले जोड दिएको छ । खानेपानीका श्रोत पहिचान गरेर हरेक घरमा धारा उपलब्ध गराउनुका साथै पानीको मुहान संरक्षण र भुजलाधार संरक्षण गर्ने कुरा उल्लेख गरिएको छ । प्राविधिक शिक्षालयको स्थापनामा जोड दिनुका साथै शिक्षाको केन्द्रका रुपमा ३ नम्वर क्षेत्रलाई विकास गर्ने लक्ष्य दिइएको छ । उपमहानगरपालिका र गाउँपालिकामा आधुनिक विशेषज्ञ सहितको अस्पताल सञ्चालन गर्ने कुरालाई जोड दिएको छ । औद्योगिक सम्भावनाको खोजि गर्दै युवाहरुलाई रोजगार प्रदान गर्नका लागि यस क्षेत्रलाई उद्योग ग्रामका रुपमा विकास गर्न जोड दिइने कुरामा पनि जोड दिइएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते बुधवार
प्रतिक्रिया