घुससहित सशस्त्र प्रहरी पक्राउ

नेपालगन्ज,२७ कार्तिक ।
भन्सार छलि गरी नेपालगन्ज भित्रिने सामग्रीका लागि तस्कर संग घुस लिँदै गर्दा एक सशस्त्र प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज अपरान्ह पक्राउ गरेको छ । औद्योगिक सुरुक्षा गण नेपालगन्जमा कार्यरत सशस्त्र प्रहरी जवान शम्भु प्रसाद आचार्यलाई नेपालगन्ज स्थित धम्बोझी चोकमा महिला तस्करसँंग ७ हजार घस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय कोहलपुरले जनाएको छ ।

ति महिला तस्करको नाम भने अख्तियारले खुलाएको छैन् । दुवैलाई थप अनुसन्धानका लागि अख्तियारले आफैसँग कोहलपुर लगेको जनाएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २७ गते सोमवार
प्रतिक्रिया