राजमो अध्यक्ष केसी दाङ आउदै

तुलसीपुर,२७ कार्तिक ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी दाङ आउनुहुने भएको छ । पार्टीले भोली लमहीमा गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उहाँ दाङ आउन लाग्नुभएको हो । यसैबीच अध्यक्ष केसीसँग प्रगतिशील पत्रकार संघले पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।

भोली विहान ८ बजे नेपाल पत्रकार महासंघको सभाहल दाङमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रममा सहभागी हुन संघका जिल्ला अध्यक्ष महेश रिजालले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २७ गते सोमवार
प्रतिक्रिया