राष्ट्रपति भण्डारी आज युएई भ्रमणमा जादै

काठमाण्डौ,२७ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज युएई भ्रमणमा जादैै हुनुहुन्छ । चारदिने भ्रमणकालागि आज त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यूएईको औपचारीक निमन्त्रणामा जाने टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् । राष्ट्रपति आज त्यसतर्फ जाने र बिहीबार फर्कने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले जानकारी दिनुभयो । भ्रमणले दुईपक्षीय सम्बन्धलाई राम्रो बनाउन र लगानी भित्र्याउन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । अहिले यूएई, साउदी अरेबिया र इजिप्ट लगायतका मुलुकले कतारमाथि नाकाबन्दी लगाएपछि खाडीमा ठूलो धु्रवीकरण छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २७ गते सोमवार
प्रतिक्रिया