शान्तिनगरमा ३३ कांग्रेस नेताको कारबाही फुकुवा

तुलसीपुर,२६ कार्तिक ।

स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग नगरेको आरोपमा कारबाहीमा परेका शान्तिनगरका ३३ नेतालाई कारबाही फुकुवा गरिएको छ । नेपाली काँग्रेस शान्तिनगरका संयोजक बुद्धिराम तिवारीको अध्यक्षतामा बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टीका आधिकारिक उमेदवारलाई सहयोग नगरेको भन्दै क्षेत्रीय प्रतिनीधि कुलबहादुर खड्का, कालुराम चौधरी, पुर्व गाविस अध्यक्ष मदन रसिक, रसिककी श्रीमती कमला शर्मा, छोरा सञ्जीप शर्मा, पुर्व पार्टी सभापति अमरबहादुर गिरी, रामकुमार रेग्मी, लालबहादुर वलीसहित ३३ जनालाई फुकुवा गरिएको छ ।।

 

प्रकाशित मिति : २०७४ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया