दाङमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

लमहि,२६ कार्तिक । 

आज बिहानै लमही-१ नर्तिमा सवारी दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । भालुबाङ बाट लमही आउदै गरेको ना.१ज १३४५ न.को ट्याक्सी र पश्चिम् बाट पुर्ब तर्फ जाँदै गरेको ना ४ ख ७५५५ नम्बरको ट्रक एक आपसमा ठोकिदा राप्ती गाउँपालिकाकि रामपती चौधरी र अर्कि नाम ठेगाना नखुलेकी महिलाको ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन । घाईते ५ जनाको लमही अस्पताल उपचार भैरहेको छ । अरु ५ जनालाई बुटवल रिफर गरिएको छ । ट्रक सहित चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको लमही प्रहरीले बताएको छ ।

फोटो  : दशरथ घिमिरे

प्रकाशित मिति : २०७४ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया