भोट चल्छ तर पानी चल्दैन्

बसन्त परियार,तुलसीपुर २५ कार्तिक ।
दलित नेताहरुको योगदान लाई राजनितिक दलहरुले अझैे मुल्याङ्कन गर्न नसकेको एक कार्यक्रमका सहभागिले बताएका छन । दलका नेताहरुले दलितहरुलाई भरीयाको रुपमा प्रयोग गर्दै आएको आरोप समेत लगाएका छन । दलित महिला सँघ दाङको आयोजनामा दलित महिलाका लागी नेतृत्व विकास सम्बन्धी तालीमको उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले यस्ता बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै सँस्थाकी सस्थापक दुर्गा सोवले राजनितिक दलहरुले दाङबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलित समुदायका नेताहरुको नाम नआउनु दुखद कुरा भएको बताउनुभएयो ।

प्रत्यक्ष तथा समानुपातीक तर्फ दलहरुले कुनै दलित नेताहरुको नाम नपर्नुले दलित समुदायको लागी दु्रभाग्य भएको बताउनुभयो । नँयाशक्ति पार्टिकि सहसँयोजक तथा प्रतिनिधि सभाकि समानुपातिक उम्मेदवार सोवले जवसम्म विभेद हट्दैन तवसम्म दिगो विकासको लक्ष पुरा हुन नसक्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तुलसीपुर उपमहानगर वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछानेले दलित र महिलाको हक,अधिकारमा आफु सधै प्रतिबद्ध रहेको बताउनुभएको थियो । समाज बदल्नका लागि एक्लै नहुने भन्दै हातेमालो गर्न आफु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दलित नेता जोगेन्द्र विश्वकर्माले दलितको भोट चल्ने तर दलितले छोएको पानी अझै नचलेको प्रति गुनासो गर्नुभयो । “दलितले छोएको पानी नचलेकै कारण हरेक ठाँउमा उनिहरुको सहभागिता कम छ” उहाले भन्नुभयो । राज्यका हरेक निकायमा जवसम्म दलितसमुदायको सहभागिता हुदैन तवसम्म न्यायको अनुभुति नहुने उहाले बताउनुभयो । गएको स्थानीय तहको चुनावमा समेत राजनितिक दलहरुले उलेख्य रुपमा दलितको सहभागिता नगराएको उहाको भनाई छ । यस्तै दलित सेवा सँघका अध्यक्ष ईश्वरी विश्वकर्माले विभेदको खाडल अझै पुरीन नसकेको बताउनुभयो ।

आसन्न निर्वाचनमा समेत दलितहरु लाई प्रत्यक्ष तथा समानुपातीकमा दलहरुले उम्मेदवार नवनाएको हुदा विभदे कायमै रहको पुष्टि भएको बताउनुभयो । दलित नेताहरुको राजनितिक दलहरुले मुल्याङकन नगरेको उहाले बताउनुभयो । दलित अगुवा मान बहादुर गोल्ड स्मिथले राजनितिक आस्था फरक रहेपनि दलितहरुको मुद्धालाई साझा बनाउनुपर्ने बताउनुभएको थियो । दलित समुदायको निम्तिी बनेका नितिहरु कार्यान्वयन नहुदा समस्या भएको बताउनुभयो ।

संस्थाकी सदस्य जानकि विश्वकर्माको अध्यक्षतामा उद्घाटन भएको तालीम दुई दिन सम्म चल्ने छ । सँस्थाका कार्यक्रम सँयोजक पोषण सेन्चुरीको स्वागत मन्तब्यबाट सुरु भएको तालीमको प्रशिक्षकमा दुर्गा सोव र निर्मल नेपाली हुनुहुन्छ । कार्यक्रमको सहजीकरण अर्का कार्यक्रम सँयोजक सन्तोष चनाराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया