बृद्धाले भनिन् ‘एमाले बाहेक कसैले हेरेन हामीलाई’

तुलसीपुर,२५ कार्तिक ।
चुनावी सभाका लागि मान्छेहरु भरिभराउ थिए । बाम गठवन्धनका तर्फबाट उम्मेदवार वनेका एमाले नेता हिराचन्द्र केसी गाडी बाट झरि नसक्दै बृद्धवृद्धाहरु हातमा टिका र माला वोकेर उनीतिर सोझिए ‘ यसपटक तपाईको जित होस् बाबु यस अघि काँग्रेसलाई जिताएर केही भएन , बामगठबन्धन लाई नै हो हामीलाई जिताउने ’ बृद्धवृद्धाहरुको सम्मानले भावुक वनेका केसीले भने ‘हामीलाई भोट दिनुस् तपाईको आँखामा आँसु खुसीले मात्रै झर्नेछन् ’ अहिले गाउँ गाउँमा वाम गठवन्धनका उम्मेदवारप्रति भरोसा वढ्दै गएको छ ’ ।

बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका उम्मेदवार हीरा चन्द्र केसी लाई युवायुवती देखि लिएर बृद्धबृद्धाहरुले तुलसीपुर उपमहानगरपालिका १४ को मलवारमा भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया