चुनावको लागी तुलसीपुरमा भयो यस्तो सहमती

तुलसीपुर,२५ कार्तिक ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकीदै जाँदा तुलसीपुरमा शान्ति सुरक्षा कडा बनाइएको छ । सोही अभियान अन्तरगत तुलसीपुर क्षेत्रमा संचालित होटेल राती ८ बजेपछी खोल्न प्रतिबन्ध लगाइएको छ । चुनावी सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर होटेल व्यवसायी संघ र इप्रका तुलसीपुर बीच शुक्रवार देखि लागु हुनेगरी राती ८ बजेदेखी चुनाव अवधिभर होटेल नखोल्ने सहमती भएको इप्रका तुलसीपुरका निमित्त प्रमुख इनेस्पेक्टर रमेश बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावी सुरक्षालाई कडा बनाउने अभीयान अन्तरगत यस्तो कदम चालिएको हो । कसैले अटेरगरी राती ८ बजेपछी होटेल खोलेको पाइएमा कार्वाही गरिने समेत उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया