आर्थिक समृद्धिका लागि बामगठबन्धन : केसी

शन्तोष वली,तुलसीपुर,२४ कार्तिक ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका उम्मेदवार हीरा चन्द्र केसीले गठबन्धन देखेर कांग्रेस अत्तालिएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका १४ को मलवारमा भएको चुनावी सभा लाइ सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले देश निर्माणका लागि बामगठबन्धनले खाका कोरेकोले बामगठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

उहाले हरेक सुमदायको आर्थिक समृद्धिका लागि गठबन्धले मात्र गर्न सक्ने बताउभभयो । उहाले सम्पुर्ण कार्यक्रताहरुमा मतदाता प्रति सन्देश फैलाउन समेत अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया