सल्यानमा माछा मार्ने जेलेटिन सहित एक पक्राउ

मिना बुढाथोकी,सल्यान २४ कार्तिक ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका वडा १ देवस्थल घाटगाउँ का २४ वर्षिया राजु भण्डारी लाई माछा मार्ने जेलेटिन सहित प्रहरीले पक्राउ गरेको छ । ट्राफिक चेकजाँचको क्रममा लाईसेन्स बेगर ओसार र पसार गर्न रोक लगाईएको जेलिटिन सहित भण्डारीलाई पक्राउ गरेको सल्यानका डिएसपी भरत बहादुर विकले जानकारी दिनु भयो ।

सल्यान र सुर्खेतको सिमाना भेरीपुल नजिकै भण्डारीको ब्लू वुक, लाईसेन्स चेक जाँचका क्रममा ७ सय ग्रामको जेलेटिन पदार्थ फेला परेको प्रहरीले जनाएको छ । मोटर साईकलमा सवार गरेका भण्डारीको साथमा जेलिटिन भएको पुर्व जानकारी नभए पनि चेकजाँचका क्रममा फेला परेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया