ओपेन्द्र बस्नेत, तुलसीपुर २३ कार्तिक ।
प्रहरीमा जागिर लगाईदिने आस्वासन देखाएर पैसा कुम्लयाउने एक महिलालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका १५ जानकी टोल निवासी अमृता वली रहेको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
अमृताले प्रहरीमा जागिर लगाईदिने भन्दै दंगिशरण गाउँपालिका वडन नं ७ निबासी अनिकेतन योगी र सोही ठाउँ निवासी विजय विकसंग प्रति व्यक्ति एक लाख पचास हजार रुपैयाँका दर तीन लाख लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई ठगी मुद्दा चलाएको प्रहरीले बताउको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक २३ गते बिहिवार