वाम गठबन्धन देखेर प्रतिकृयावादीहरु अत्तालिए – उप प्रधानमन्त्री महरा

तुलसीपुर, २३ कार्तिक
उप प्रधानमन्त्री कृष्ण बहादुर महराले वाम एकताले जनताका बैरीहरु अत्तालिएको बताउनु भएको छ । प्रतिनीधिसभा निर्वाचन क्षेत्र नं ३ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई दाङको तुलसीपुरमा सम्बोन्धन गर्दै उनले जनतलाई सधै अधिकार नदिएर दास वनाउन चाहने प्रतिकृयावादीहरुले हारखाइसकेको बताए । ‘प्रतिकृया वादीहरुको मनमा ढ्याङग्रो ठोकिएकोछ, –महराले भने, देशको उन्नती प्रगति देख्न नचाहने तर सधै भरी उनिहरु सत्तामा बस्न चाहन्छन ।’ वाम गठबन्धनलाई भत्काउन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु लागेको बताउदै माओवादी केन्द्रका महासचिव समेत रहेका महराले वामपन्थीको सरकारलाई अव कसैले रोक्न नसक्ने दाबी गरे । अवको २० बर्ष सम्म देश हाँक्ने जिम्मा आफुहरुलाई आएको भन्दै उनले आर्थिक वृद्धिदरलाई २ अंकमा पु¥याउने बताए ।

‘हामीलाई पछाडी हटाउन र फुटाउन देशिविदेशी शक्ति केन्द्रले पैसाको खोलो बगाएको छन, – महराले भने – हामी कुनै पनि हालतमा पछाडि पर्दैनौ बरु हाम्रा मनहरु विस्तारै बलिया हुँदै गएका छन् ।’ नेपाली कांग्रेस लगाएतका केहि पार्टी अहिले पनि संविधन कार्यान्वय गर्ने पक्षमा नभएको बताउदै महराले उनिहरु देशमा अस्थिरता निम्त्याउनुका साथै सधै सत्तामा बसेर सिंहदबारको अधिकार गाउँ सम्म पु¥याउन नचाहेको बताए ।
कांग्रेसहरु माओवादीसंग गएर एमालेको र एमालेसंग गएर माओवादीको कुरा लगाएर मत परिनाम आफनो पक्षमा पार्ने जालसाँचिमा लागेको भन्दै झुटको खेतिमा नपर्न सबैलाई आग्रह गरे ।

त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले शेरबहादुर देउवा सत्तामा पुग्दा राष्ट्रले ठूलो दुःख पाउने गरेको बताएका छन् । माओवादी केन्द्र र एमालेका वाम गठबन्धनका कारण रिक्स जोनमा परेका देउवा सहितका काँग्रेसका शिर्ष नेताहरु अहिले छटपटीएको बताए । वाम गठबन्धनले सर्वसत्तावाद हावी हुन्छ भन्ने कांग्रेसको, विगतको सर्वसत्तावादले जनताले भोट हाल्न समेत नपाएको स्मरण गरे । कांग्रेसले बहुमतका बलमा देखाएको सर्वसत्ता वादका कारण माओवादीको जन्म हजारौजनाले अकालमा ज्यान गुमाएको पोखरेलले बताए ।

आफुहरुको मुख्य सत्रु गरिबी र पछौटे पन भएको उल्लेख गर्दै उनले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना वाम गठबन्धनको भएको बताउनुभयो ।

‘मिल्दैमा अविभारा पुरा हुन्छ भन्ने छैन, पोखरेले भने – हाम्रो लडाई बैधानिक राज्य सत्ता देखि समाजवाद सम्मको भएकाले निरन्तर अघि बढ्छ ।’
कार्यक्रलाई एमाले नेत्री तथा गायीका कोमल वली, वाम गठबन्धनका नेताहरु टिकाराम खड्का, जीवन शर्मा, कुवेर वली, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, प्रर्देश नं ३ का प्रतिनीधिसभाका उमेद्वार हिराचन्द्र केसी, ३ ‘क’ का प्रदेश उमेद्वार जगप्रसाद शर्मा, रामजी चौधरी लगाएतले बोल्नु भएको थियो ।
निर्वाचन परिचालन कमिटीका संयोजक हुकुम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा नेता पदम केसीले गर्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर एक सय बढी वाम गठवन्धनमा प्रवेश गरेका थिए । त्यसैगरी कार्यक्रमा गायीका कोमल वली, राधिका परियार, दुर्गा वली लगाएतले आआफना प्रस्तुति प्रस्तुत गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया