ओपेन्द्र बस्नेत,तुलसीपुर २३ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति प्राप्त ठूला तथा साना हतियारको बर्षौ देखि कुनै अत्तोपत्तो नभएको पाईएको छ । जिल्ला प्रशासनले सुरक्षाको कारण देखाउदै निर्वाचनको समयमा सार्वजनिक सूचना जारी गरेर, बैद्य हतियारलाई केहि समयका लागि सम्बन्धित प्रहरी युनिटमा बुझाउन आग्रह गरे पनि ति हतियारहरु संकलन नभएको जिल्ला प्रसाशन कार्यालय दाङका साहयक प्रमुख जिल्ला अधिकारी गणेस आचार्यले जानकारी दिनुभयो ।
दाङमा सुरक्षाका लागि भन्दै ८ य ९५ जनाले विभिन्न प्रकारका हतियार राख्नका लागि अनुमति प्राप्त गरेका छन् । ती हतियारको बर्षौ देखि नबिकरण समेत नभएको स्वंयम जिल्ला प्रशान कार्यालयले जनाएको छ । जिल्ला प्रशासनको रेकर्डमा करिब ३÷४ बर्ष देखि एकाध हतियार बाहयक अधिकांस हतियार नबिकरण भएका छैनन् । कार्यालयको तथ्याङक अनुसार प्रत्येक बर्ष हतियार नविकरण गराउनेको संख्या घट्दै गएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा २५, आर्थिक बर्ष २०७३÷०७४ मा ११ र २०७४÷०७५ मा १२ वटा मात्र हतियारको मात्रै नबिकरण भएको छ । दाङमा ३४ थान बाइसबोर , एक सय ७१ थान बाह्रबोर , भरुव बन्दुक ६ सय ८२ थान, पेस्तोल पाँच थान र हावादारी बन्दुक तीन थान सहित आठ सय ९५ थान हतियार अनुमति प्राप्त छन् । यता कार्यालयले अन्यत्र जिल्लामा नबिकरण भएको हुन सक्ने झिनो आशा गरेको छ ।
‘अनुमति प्राप्त हतियार आफुसंगै लिएर देशभर जान सकिने भएकाले नागरिक जहाँ बस्छन् त्यहिको जिल्ला प्रशासनमा पनि नबिकरण गर्न सकिने भएकाले उतै गरेकि भन्ने अनुमान हामीले गरेका छौं, – प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो ।’ अन्यत्र जिल्लामा नबिकरण गरे नगरेको भन्ने बारेमा अन्योल रहेको कार्यालयले हतियारको संख्या अनुसार नबिकरण नहुनुका साथै र प्रहरीमा समेत नबुझाएपछि अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रशासनले हतियार प्रकार अनुसार दुई सय देखि पाँच सय रुपैयाँ सम्म बार्षिक नबिकरण शुल्क लिने गरेको छ । समयमा नबिकरण नभएका र तोकेको सूचाना अनुसार समयमा नबुझाइएका हतियार कुनै गलत ठाउँमा प्रयोग भएको पाईमा घटनाको प्रकृति हेरेर अबैध हातहतियार खरखजना सम्बन्धि मुद्दा चलाउने प्रशासनले चेतावनी दिएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा सार्वजनिक सूचना जारी गरेपछि ७१ थान मात्रै हतियार प्रहरीमा प्राप्त भएका थिए । जसमध्य ३४ वटा हतियार फिर्ता भईसकेका छन् । यद्यपी आगामी मंसीर २१ गते हुनलागेको प्रतिनीधि र प्रदेशसभाको निर्वाचनमा, हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि प्रहरीले पुनहः अनुमति प्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासनले कार्तिक १५ गते देखि ३० गते सम्म सार्वजनिक सुचना जारि गरेर हतियार बुझाउन पन्ध्र दिनको समय तोकेको छ । सूचना जारी भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा ७ वटा हतियार जम्मा भएको प्रहरी नायब उपरिक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । प्रशासनले बुझाएका अनुमति प्राप्त हतियार निर्वाचन सकिएको हप्ता दिनभित्र पुनहः फिर्ता गर्ने जनाएको छ ।।