अवैध गर्भपतनको अभियोगमा दुई महिला पक्राउ

तुलसीपुर,२३ कार्तिक ।

अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले घोराहीबाट दुई महिलालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ क्याम्पसरोडमा पियुष मेडिकल सञ्चालन गरिरहेका स्थानीय ४० वर्षीया किरण भण्डारी र घोराही–३ झिङ्नीकी ४२ वर्षीया कल्पना श्रेष्ठलाई मंगलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएकी छन् ।

उनीहरुले मिस्टोल नामक औषधी खुवाई घोराही–३ झिङ्नीकी २५ वर्षीया शान्ति चौधरीको २२ हप्ताको शिशू गर्भपतन गराएको जानकारी पाएपछि पक्राउ गरिएको एसपी सिंहले बताइन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया