देउखुरी, २२ कात्तिक ।
दाङ क्षेत्र नम्बर १ का वाम गठबन्धनका साझा उम्मेदवारहरुले सन्तुलीत विकासलाई पहीलो प्राथमिकतामा राखेको वताएका छन् । प्रेस चौतारी नेपाल र पे्रस सेन्टर नेपाल दाङ शाखाको संयुक्त आयोजनामा बुधवार लमहीमा भएको पत्रकार सम्मेलनमा वाम गठवन्धनका उम्मेदवारहरुले निर्वाचन क्षेत्र नं. १ मा सन्तुलीत विकासको अवधारणा अघि सारेका हुन् ।
प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले घरलाई खरले छाउनुपर्ने बाध्यता पाँच वर्ष भित्र अन्त्य गर्ने दावी गर्नु भयो । आदिवासी थारु समुदायको बसोबास रहेको दाङ क्षेत्र नम्बर १ मा अधिकांश घरहरु खरले छाएका छन् । खरको छानो टिकाउ नहुने र आगलागीको जोखिम पनि बढी हुने भएकाले स्थानीयबासीलाई खरको विकल्प दिने घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा १ (१)का उम्मेदवार इन्द्रजित थारु र १ (२)का उम्मेदवार रेवतीरमण शर्माले संविधानले प्रदेश सरकारलाई दिएका अधिकारहरु कार्यान्वयन गर्दै जनतालाई अधिकार सम्पन्न गराउने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै प्रदेशसभा १(१)का उम्मेदवार ईन्द्रजित थारुले पाँच वर्ष भित्र खाद्यान्तमा प्रदेशलाई आत्मर्निभर वनाउन कार्यक्रम सञ्चालन गरिने वताउनु भयो । प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष दिवाकर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टरका सहसचिव जीवन नेपालीले स्वागत र प्रेस चौतारी नेपालका जिल्ला सहसचिव दशरथ घिमिरेले सञ्चालन गर्नु भएको