ईप्रका तुलसीपुरका नयाँ डिएसपीले भने गुण्डालाई देखि सक्दैन

तुलसीपुर, २१ कात्तिक
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक सुधिरराज शाहीले गुण्डालाई देखि नसक्ने बताउनुभएको छ । सोमबार इलाका प्रहरी कार्यालयमा आउनुभएका प्रनाउ शाहीले मंगलबार तुलसीपुरमा परिचयात्मक कार्यक्रमको आयोजना गरेर कसैको करकाप र प्रभावमा नपर्ने बताउनुभयो ।
निर्वाचनको समयमा चन्दा, गुण्डा र भट्टीको बढि प्रयोग गरिने भएकाले यसलाई नियन्त्रण गर्ने बताउनुभयो । ‘जो सुकै किन नहोस गुण्डा भन्ने वित्तिकै मलाई रिस उठि हाल्छ, शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराखेर काम गर्छु तपाईहरु ढुक्क हुनुहोस ।’ काम गर्दा केहि कमीकम्जोरी हुने भएकाले उचित समयमा सुझाव दिन उहाँले आग्रह गर्नुभयो । वस्तुस्थिीतिका बारेमा आन्तरीक रुपमा बुझीरहेको भन्दै उहाँले आसन्न निर्वाचनलाई शान्तिपुर्ण तयरबरले सम्पन्न गर्न सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमा तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष बिरु रावत, पूर्व अध्यक्ष बिमल रिजाल, महिला मानवअधिकार कर्मी सुष्मा गिरी, रासस अंचल प्रमुख नारायणी रजौरे लगाएतले तुलसीपुर क्षेत्र सुरक्षाको दृष्टिकोणले बढी संवेदनशिल भएकाले सुरक्षाअवस्थालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०७४ कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया