तुलसीपुर उपमहानगरले जेष्ठ नागरीकलाई न्यानो कपडा दिदै,घर घरमा टिनका छाना

 

तुलसीपुर,२० कार्तिक ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठक सम्पन्न आज सम्पन्न भएको छ । बैठकले कार्यविधि २०७४ अन्र्तगत विभिन्न कार्यविभि पास गरेको छ । जस अनुसार तुलसीपुर क्षेत्रभित्र बसोवास गर्ने जेष्ठ नागरिकहरुलाई एक जोडा न्यानो कपडा वितरण गरिने भएको छ । जसमा अन्य समुदायको हकमा ८४ पुगेका जेष्ठ नागरिक र दलित समुदायको हकमा ८० वर्ष पुगेका नागरिकलाई एक जोर न्यानो कपडा वितरण गर्ने कार्यविधि पास गरीएको प्रबक्ता श्याम डाँगीले जानकारी दिनु भएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको बैठकले अति विपन्न वर्गका सुरक्षित आवास अन्र्तगत वडा नं.१ देखी १९ वटै वडामा खरका छाना भएकाहरुको तथ्याङक संकलन गरिने भएको छ । यस्तै बैठकले साझा व्यापारिक भवन भाडा कार्यविधि,बजार व्यवस्थापन ,टोल विकास संस्था सन्चालन कार्यविधिहरु परित गरेको प्रबक्ता डाँगीले जानकारी दिनु भएको छ । बैठक भोलि पनि जारी रहने उहाले बताउनु भएको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक २० गते सोमवार
प्रतिक्रिया