नेपालको कृषी र खेलकुद क्षेत्र एउटै भएको मेयरको टिप्पणी

 

तुलसीपुर, २० कात्तिक

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संभावित खेल मैदानको अनुगमण तथा अन्तर क्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले नेपालको कृषी र खेलकुद क्षेत्र एउटै भएको टिप्पणी गर्नु भएको छ । देश कृषीप्रधान देश भएपनि बाह्रै महिना खान नपुगे जस्तै खेलक्षेत्र पनि त्यस्तै भएको उहाँले बताउनुभयो । ‘खेलकुद क्षेत्रलाई पुर्सद र बचेको समयमा प्रयोग गछौ, मेला, उत्वसमा देखाउनका लागि उपयोग गर्छौ कसरी हुन्छ विकास ?, पाण्डेले भन्नुभयो अब यसलाई व्यवसायीक, रोजगारी र विकास संग जोड्नु पर्छ ।’
त्यसैगरी उहाँले दाङलाई खेलकुदको राजधानिका रुपमा परिचित गराउनु पर्ने बताउदै खेलकुद क्षेत्रलाई व्यवसायिक र आधुनिक करण गरेर यसको प्रवद्धनमा जोडदिनु पर्ने बताउनुभयो । खेलकुदलाई राष्ट्रिययता, बौद्धिक, पहिचान संग जोडेर लैजानु पर्ने बताउदै नगर प्रमुख पाण्डेले यसको विकासका लागि उपमहानगरपालिका हरेकखालको सहयोग गर्न तयार रहेको बतउनुभयो ।
कार्यक्रममा दाङ क्रिकेट संघका प्रदिप मजगैयाँ, दाङ फुटबल संघका महासचिव सुशिल श्रेष्ठ, कपडीसंघका लोकजंग शाह, एथलेटिक्सका प्रशिक्षक पदम चौधरी, भलीवलसंघका प्रशिक्षक भिमबहादुर डाँगी, अध्यक्ष रोसन वली, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुमन घले, दाङ जिल्ला सुटिङ संघका सुशिल श्रेष्ठ, दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति सोमई लगाएतले खेलकुद क्षेत्रको विकास र भौतिक पूर्वाधारकाको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।  जिल्ला खेलकुद विकास ससिमितका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामाभाएको कार्यक्रमको संचालन खेलकुद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २० गते सोमवार
प्रतिक्रिया