निर्वाचनलाई बाहुबल र धनबलबाट मुक्त गर्नुपर्छ ः पहाडी

तुलसीपुर, २० कात्तिक

मानव अधिकारवादी कृष्ण पहाडीले प्रदेश र संघको निर्वाचनलाई बाहुबल र धनबलबाट मुक्त गर्नु पर्ने बताउनुभएको छ । मानवअधिकार तथा शानित समाज दाङले तुलसीपुरमा आयोजना गरेको नागरिक सेतु कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धनबल र बाहुबाल मुक्त गर्न नसके विद्रोह निम्तन सक्ने चेतावनी दिनुभयो ।
डन प्रवृतिका कुनै पनि उम्मेदवाराई पराजित गर्नु पर्नेमा जोड दिदै पहाडीले काभ्रे र मनाङमा डनलाई उमेद्वार बनाएर राजनीतिक दलले ठूलो गल्ती गरेको बताउनुभयो । आसन्न निर्वाचन नेपालको लोकतन्त्रका लागि शुखद पक्ष भएको बताउदै उहाँले निर्वाचनलाई भाँड्ने प्रयास नगर्न आग्रह समेत गनुभयो । ‘जनताले निर्वाचन चाहेका छन्, त्यो कुनै पनि हालतमा रोकिने वाला छैन, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इंगित गदै उहाँले भन्नुभयो, कुनै पनि हालतमा चुनाव विथोल्नु हुँदैन त्यसो भयो भने आफै सकिनु पर्ने हुन्छ ।’

गठबन्धनलाई नजर अन्दाज नगर्न आग्रह गर्दै उहाँले भिडन्तलाई अन्त्य गर्दै सहमतिको बाटोमा अघि बढ्नु पर्ने बताउनुभयो । राजनीतिक दलहरुलाई उत्तेजनामा नआई दिमागमा बरफ जमाएर बस्नु पर्ने भन्दै उहाँले सहमतिय पद्धती टुटेमा देश, दुर्घटनामा जाने जिकीर गर्नुभयो । स्वतन्त्र, स्वभाीभान र मानव अिधकालाई, केन्द्रमा राखेर सहमति अनुसार अघि बढ्नु पर्ने भन्दै खानको लागि नभई देशको हितका लागि सहमति गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
अगाडि आउने नाममा भारत चिन विरोधीका कुरालाई अघि सारेर सफल भए पनि त्यो छ महिना टिक्न नसक्ने ठोकुवा पहाडीले गर्नुभयो । अर्को एक प्रसंगमा पहाडीले माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता गर्नु पर्ने भन्दै आगामी दिनमा पनि त्यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रमा श्रम तथा रोजगार मन्त्री डिल्ली बहादुर चौधरीले आफुहरुले बाटो विराएमा बाटो देखाई दिन आग्रह गरे । राजनीतिक दलले बाटो बिराउन सक्छन, त्यसकालागि यहाँहरुले सजग गराउनु पर्छ मन्त्री चौंधरीले भन्नुभयो । बाम गठबन्धन देखि नेपाली कांग्रेस नडराएको भन्दै जसले जुटायो उसैले फुटाउने दाबी गर्नुभयो । उहाँले गठबन्धन धेरै दिन नटिक्ने समेत ठोकुवा गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा मानवअधिकार शान्ति समाजका केन्द्रिय सभापति डा.गंगाधर अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न देश दौडाहमा हिडेको बताउनुभयो । बाम गठबन्धलाई देखाएर मूलुकलाई सैनिकिकरणमा धकल्ने खोजे त्यो आफै समाप्त भएर जाने उहाँले बताउनुभयो । लोकन्त्रलाई कसैले खोस्न नसक्ने भन्दै खोसे पनि ३ महिना टिक्न नसक्ने अधिकारीको दाबी थियो ।

अधिकारी नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य पदम केसी, माओवादी केन्द्रका शेषुराम भण्डारी, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेल, नेपाल कम्युनिष्ट पार्टीका विकास वली, हंसराज केसी, जनमुक्ति पार्टीका रबिन्द्र उच्च नेपाली मानवअधिकार तथा शान्ति समाजका दाङका संस्थापक सभापति डिल्लीराज धिताल, तुलसीपुर उद्योगबाणीज्यसंघका अध्यक्ष विरु रावत, अधिवक्ता मोहन धिताल, पत्रकार सुशिल बस्नेत, विजय पौडेल, सुष्मा गिरी, खुमानन्द अधिकारी, हुमकान्त कडेल लगाएते बोल्नु भएको थियो ।

शान्ति शमाज दाङका जेष्ठ सदस्य लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव अमृतप्रसाद शर्माले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन नविन पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक २० गते सोमवार
प्रतिक्रिया