दुई महिनामा बाम गठबन्धनको सरकार बन्छ : ओली

ताप्लेजुङ,१९ कात्तिक, ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासन सत्ता सञ्चालन हुने बताएका छन् । वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङको तोक्मे डाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचन पछि मुलुक समृद्धिको दिशामा जाने दावी गरे ।

अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको र अबको दुई महिनमा सरकार बन्ने र त्यस पछि मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एवं उत्पीडितको हक अधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनल चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको बताए ।

सचिव योगेश भट्टराईको चुनावी क्षेत्रलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका अध्यक्ष ओलीले आफ्नो पार्टीका युवा नेता तथा केन्ऽीय सचिव योगेश भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गरी विजयी गराउन अनुरोध समेत गरे । ‘योगेशलाई साँसद बनाएर पठाउनुहोस् मन्त्री बनाएर फर्काउने जिम्मा मेरो भो ।’ अध्यक्ष ओलीले भने । उनले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए ।

सभालाई सम्बोधन गर्दै एमाले सचिव एवम् वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराईले अब एमाले र माओवादी केन्ऽले आगमी ५० बर्ष मुलुक चलाउने दाबी गरे ।

प्रकाशित मिति : २०७४ कार्तिक १९ गते आइतवार
प्रतिक्रिया