अखिल दाङको पुस्तक बिमोचन, एमाले नेता पोख्रेल भन्छन-“अव युवा विदेशिनु पर्दैन”

 

 

तुलसीपुर ,१८ कार्तिक ।
नेकपा एमालेका नेता शंकर पोख्रेलले ५ वर्ष भित्रमा युवा विदेशिनु पर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । अनेरास्ववियुले दाङले प्रकाशन गरेको पुस्तक अखिल सन्देशको तुलसीपुरमा बिमोचन गर्दै अहिलेको बाम गठनबन्धन सम्बृद्धिका लागि भएको भन्दै निर्वाचन पछि देश विकासको बाटोमा अगडी बढ्ने बताए । पछिल्लो समय युवा विद्यार्थीमा अध्ययन र चिन्तनको कमी देखिएको प्रति चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीलाई सिर्जनशिल बन्न आग्रह गरे ।

फरक प्रसंगमा बोल्दै उनले नेतृ कोमल वलीको पार्टीले उचित मुल्याङकन गर्ने बताए । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले लामो समय पछि अखिल दाङले सिर्जनात्मक काम गरेको भन्दै प्रशसां गरे । साथै आसन्न प्रतिनीधि र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्धवारलाई जिताउन आ आफ्नो ठाउँबाट लाग्न निर्देशन दिए । अनेरास्ववियुका जिल्ला अध्यक्ष विरबल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव हिराचन्द्र केसीले बाम गठबन्धको जितले मात्र दाङको सम्बृद्धिको ढोका खोल्ने बताए ।

दाङ क्षेत्र नम्वर ३ बाट प्रतिनीधि सभाका उम्मेद्धवार समेत रहेका केसीले पश्चिम दाङको विकासका लागि आफ्नो उम्मेद्धवारी रहेको बताए । सो अवसरमा नेतृ कोमल वलीले नेपालमा अध्ययन सस्कृतिको कमी भएको बताउँदै अनेरास्ववियुको कामले सबैमा अध्ययनको बानीको विकास गराउन सक्ने बताइन् ।

सहसचिव इन्द्र्र खड्काले स्वागत गरेका थिए भने सञ्चालन अर्का सह सचिव प्रकाश शर्माले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार
प्रतिक्रिया