रामचन्द्र पौडेलविरुद्ध गोविन्दराजको उम्मेदवारी

तनहुँ, कात्तिक १६ – तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेसकै नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । वाजागाजा र कार्यकर्ताको र्‍यालीसहित नेता जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

भ्रष्ट्राचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट नदिएपछि जोशीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा नेता जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारीक उम्मेद्वार भएको प्रतिक्रिया दिनुभयो ।

कांग्रेसमा विपी कोइरालाको विचार मास्नेहरु हावी भएको भन्दै नेता जोशीले विपीको विचार जोगाइराख्न आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया