ब्राउन सुगर सहित तुलसीपुरमा एक जना पक्राउ

तुलसीपुर,१६ कार्तिक ।
दाङमा लागुऔषध ब्राउन सुगर सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ भमके निवासि बर्ष २२ का विरबल ग्रङजा मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मगरको साथबाट ०.१६ ग्राम ब्राउन सुगर समेत फेलापारीएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ ।

सुचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई घरबाट बुधवार साझ पक्राउ गरेको हो । यसबारेमा लागु औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया