डाँगीको निधनमा आज निजि विद्यालय बन्द

तुलसीपुर, १६ कात्तिक ।
दाङ जिल्लामा रहेर लामो समयदेखी शैक्षिक कृयाकलापमा कृयासिल रहनुभएका राप्ती बिद्या मन्दिर तुलसीपुरका प्रधानाध्यापक डा. घनश्याम डाँगीको निधन प्रति प्याव्सन र एन प्याव्सन दाङले शोक ब्यक्त गर्दै आज एक दिनका लागी निजि विद्यालय बन्दको आव्हान गरेका छन ।

ब्याव्सनका अध्यक्ष यादव गिरी र हिसानका अध्यक्ष लक्ष्मण बुढाथोकीले संयुक्त विज्ञप्ती मार्फत यस्तो जानकारी गराउनुभएको छ । यस्तै एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकि र सचिव ठाकुर डागिले एक बिज्ञप्ति जारि गरि दाङको शिक्षा क्षेत्रका धरोहर स्वर्गिय डागिको निधनले शिक्षाक्षेत्रमा दाङ जिल्ला लाई अपुरणिय क्षेति पुगेको जनाईएको छ ।

 

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया