मजदुरहरुको अधिकार खोसीन नदिने

लक्ष्मण विश्वकर्मा,तुलसीपुर १५ कार्तिक ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात मजदुरहरुको हक र अधिकार खोसीने गरी राज्यले बनाउने कुनै पनि ऐन पारित हुन नदिने बताउनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिको आज तुलसीपुर ९ कैलासनगर टोलमा नवनिर्मीत भवनको उद्घाटन गदै उहाले यस्तो बताउनु भएको हो ।

एक सय वर्ष अघि देखी नेपालमा यातायात मजदुहरुले ठुलो योगदान गरेको बताउदै उहाले मजदुरलाई कुन्ठित पार्ने गरी बनाउने कानुन आफुहरुलाई मान्य नहुने बताउनु भएको छ । अर्को प्रसङगमा उहाले आफुहरुको लामो आन्दोलन र संघर्ष पछि राज्यले मजदुरहरुका लागी दुई वटा ऐन बनाएकोे उहाले बताउनुभयो ।

संगठनका अध्यक्ष चुडा बहादुर विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष ध्यान प्रसाद राईले यो संगठन सम्पुर्ण मजदुरहरुको साझा संस्था भएको बताउनु भएको छ । सो अवसरमा संगठनका केन्द्रिय महासचिव नवराज घिमिरे,केन्द्रिय सदस्य खगेन्द्र बहादुर वली ,निम बहादुर विक लगाएतले वोल्नु भएको थियो । २४ लाख ४१ हजार रुपैयाको लगानीमा निर्माण गरीएको भवनमा रु. ५ हजार देखी वढि रकम सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान तथा धन्यावाद ज्ञापन गरीएको थियो ।

साथै कार्यक्रममा लामो समय देखी यातायात क्षेत्रमा कुसल चालकको निर्वाह गर्ने विष्णु कुमार श्रेष्ठ,प्रमानन्द बाँठामगर, मेघराज डाँगी,देवीप्रसाद प्रसाई र कार्यालय कर्मचारी सन्तोषी केसीलाई सम्मान पत्र प्रदान गरीएको छ । सोहि कार्यक्रममा ट्रक दुर्घटनामा परि अपाङग हुनु भएका चालक विपिन विकलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक ईकाई कमिटि गोग्लीले मजदुरहरुबाट संकलित रकम ५० हजार १ सय ५ रुपैया र तुलसीपुर वसपार्कका मजदुरबाट संकलित रकम १५ हजार १ सय ५ रुपैया सहयोग स्वरुप प्रदान गरीएको छ ।

संगठनका जिल्ला कोषाध्यक्ष दिपक कुमार वुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अन्चल कमिटिका सल्लाहकार यज्ञ बहादुर वुढाथोकीले गनुर्् भएको थियो ।।

प्रकाशित मिति : २०७४ कार्तिक १५ गते बुधवार
प्रतिक्रिया