Update सल्यानमा जीप दुर्घटना ३ जनाको मृत्यु

बुद्धिमान पुन,सल्यान १५, कात्तिक ।

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ भने १७ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित रिठाघारीमा भे १ ज ९२७ न जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सुर्खेत भेरीमालिका नगरपालिकाका अन्दाजी २५ वर्षिय देवराज कामी , विरेन्द्रनगर नगरपालिका निवासी ३४ बर्षिया धनमाया नेपाली र मेहलकना सुर्खेतकी ६० बर्षिक धन कुमारी परियार रहेका छन् । जीपमा सवार ८ जना महिला, ३ पुरुष र ६ जना बालबालिका घाईते भएका हुन् ।

जीप सडकबाट झन्डै २० मिटर तल खोलामा खसेको छ । दुर्घटनामा घाईते भएका केहीलाई मेहलकुनामा उपचारको लागी पठाईएको र बाँकीको उद्दार कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरिक्षक धर्म केसीले जानकारी दिनु भयो ।

सुर्खेतको मेलकुनाबाट कुपिण्डे ताल घुमेर फर्किने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप के कती कारण दुर्घटना भएको हो त्यसको अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १५ गते बुधवार
प्रतिक्रिया