४ लाख रुपैया सहित १० जुवाडे पक्राउ

तुलसीपुर,१४ कार्तिक ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङमा १० जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले झण्डै ४ लाख ४५ हजार २ सय २५ रुपैयाँ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जुवा खेलिरहेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १७ गैरागाउँबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर १५ बस्ने वर्ष ५४ का लुमा सिंह बस्नेत, बर्ष ५४ का महाबिर वली, तुलसीपुरका बस्ने बर्ष ४३ का दिपेन्द्र गिरी, बर्ष ५२ का चेतन शर्मा,बर्ष ४० का नरेश बस्नेत, बर्ष ४३ का धनेश्वर आचार्य, बर्ष २९ का हरि के.सी., बर्ष ३० का बिर बहादुर भण्डारी,ध्रुव के.सी. र घोराही १७ बस्ने घर धनी गणेश गिरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खेल्ने प्रयोग भएको तास गड्डी थान १, गलैचा थान १ समेत बरामद गरी जुवा मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी प्रमुख दुर्गा सिँहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया