ट्रक पल्टिदा दाङमा चार जना घाईते

तुलसीपुर,१२ कार्तिक ।
दाङमा आज विहान भएको ट्रक दुर्घटनामा परी चार जना घाईते भएका छन । पोखराबाट तुलसीपुर तर्फ आउदै गरेको ग १ ख ६२४८ नम्बरको ट्रक तुलसीपुर ७ पर्सेनी नेर रुखमा ठोक्किएर नालामा पल्टीएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते हुनेमा चालक जिल्ला सर्लाही कालिन्चोक नगरपालीका वडा नम्बर १२ बस्ने बर्ष ३४ का सन्तोष खड्का, सोहि ठाउ बस्ने बर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार जिल्ला तनहु खैरिटार नगरपालीका वडा नम्बर २ बस्ने बर्ष १९ को सुरज बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुलाई हात र खुट्टामा चोट लागेको छ ।

यस्तै जिल्ला नबलपरासी अरुण खोला २ बस्ने बर्ष २० को मोहनलाल देबकोटाको दुबै खुट्टा फ्याक्चर भएको र अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईते सवैलाई थप उपचारको लागी भैरहबा रिफर गरीएको छ । प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदको नेतृत्वमा गएको २० जना प्रहरी टोलीले घटनास्थल बाट ट्रकमा च्यापिएका घाईतेहरुलाई जेसीबि लगाई उद्दार गरेको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार
प्रतिक्रिया