धादिङमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु,१२ जनाको सनाखत

काठमाण्डौं,११ कार्तिक ।
धादिङमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । यो समाचाचर तयार पार्दासम्म मृतक मध्य १२ जनाको  सनाखत भएको छ । जिल्ला प्रशासन कार्यालय धार्दिङका अनुसार मृतकहरुमा बसका सहचालक सप्तरी देउरी मझुवा नगरपालिका–१५ का १८ वर्षीय नरेश मुखिया, तिलाठी कोइलाडी–१ का मन्जितकुमार झा, ३ का ३५ वर्षीया सिमाकुमारी झा र सन्जितकुमार झा, पार्व्ति चौधरी, आतिथ्य यादव, २४ वर्षीय रमानन्द यादव, २९ वर्षीया ममतादेवी ठाकुर, १५ वर्षीया चन्द्र रेखा, राजबिराज नगरपाकिा – १६ का चन्द्राववति झा र सिरहा गोलबजार नगरपालिका–८ का ५० वर्षीय राजकपुर यादव रहेका छन् ।

सप्तरीको राजविराजबाट काठमाडौं तर्फ जादै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खसेको थियो । बसमा करीब ५० जनाभन्दा बढी यात्रु रहेको बताइएको ।

प्रकाशित मिति : २०७४ कार्तिक ११ गते शनिवार
प्रतिक्रिया